मंगलबार १४ मंसिर २०७८

काठमाडौं । सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फेला परेकी महिलाको श्रीमान्‌ले ह’त्या गरेको खुलेको छ ।सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको श’व फेला परेको थियो ।

घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए ।प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको श’व फेला परेको थियो ।प्रहरी घरमा पुगेर श’वको मुचुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा भने त्यहाँबाट भागिसकेका थिए ।

प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको टाउकोमा गह्रङ्गो बस्तुले प्रहार गरेर ह’त्या गरिएको देखिएको थियो ।श्रीमतीको श’व फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले ह’त्यामा श्रीमान्‌कै संलग्नता रहेको आ’श‌ंकासहित अनुसन्धान अगाडि बढाएको थियो ।

परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार सन्तोष र सन्तोषीको बीचमा पटक पटक झ’ग’डा भइरहन्थ्यो । पतिसँग झ’ग’डा भएका कारण सन्तोषी जोरपाटीस्थित माइतीमा बस्थिन् । पति सन्तोषसँग उनले डिभोर्स मागेकी थिइन् ।

प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर सन्तोषी सहकारीबाट ऋणको किस्ता बुझाउन भनेर जोरपाटीस्थित माइतीघरबाट निस्किएकी थिइन् । सानेपास्थित सहकारीबाट लिएको ऋणको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका पतिबीच झ’ग’डा भयो ।

बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्‍याउन गएको बेला दम्पतीबीच झ’गडा हुँदा सन्तोषले उनको ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टाउकोमा भारी बस्तु (ह्याम्मर) ले हा’नेर उनको ह’त्या गरिएको प्रहरीको भनाइ छ ।‘प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा भारी वस्तुले हा’नेर ह’त्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘मृ’तकका श्रीमान् शं’काको घेरामा छन् ।’

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको ह’त्या भएको देखिएको छ । हार्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीका अनुसार बेडरुममा ह’त्या गरेपछि सन्तोषीको श’व बोरामा प्याक गरेर घर पछाडी पेटीमा राखिएको देखिन्छ ।पोस्टमार्टमका लागि सन्तोषीको श’व अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Last Updated on: March 16th, 2021 at 9:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया