मंगलबार १४ मंसिर २०७८

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाण्डौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई धेरैले राजाबादी भन्ने आरोप लगाउँदै आईरहेका छन् । यद्यपी उनले भने यो केवल आरोपकालागी आरोप मात्र भएको बताउँदै आफु राजाबादी नभएको बताएका छन् ।उनले एक अन्तरवार्तामा प्रश्नकर्ताले सोधेको प्रश्नमा जवाफ दिंदै आफु राजाबादी नभएको बताएका हुन्। ‘मैले राजा आऊ देश बचाऊ भनेर नारा लगाएको देख्नु भएको छ ? मैले कहिल्यै राजा नै चाहिन्छ भनेर भनेको सुन्नु भएको छ ?’ शाहीले भने ।

अभियन्ता शाहीले नेतृ राम कुमारी झाँक्रि प्रक्राउ परेको विषयलाई मिडिया र राजनीतिक दलले प्राथमिकता दिएको भनेर त्यसको चर्को विरोध गरे । उनले भने,‘यो लोकतन्त्रमा कतिजना जनताहरु पक्राउ परे त्यतिबेला कहाँ गएकी थिईन् राम कुमारी झाक्रि ?अनि के हेरेको थियो मिडियाले र किन केही बोलेनन् विभिन्न राजनीतिक दलहरुले ?’ शाहीले अगाडी भने,‘आज राम कुमारीलाई प्रहरीले समात्यो भनेर देशै उचाल्ने ? के अरु नेपाली जनता राम कुमारी जस्तै यो देशका नागरिक हैनन् ?’

शाहीले प्रधानमन्त्री ओलीको पनि आलोचना गर्न पछि परेनन् । उनले यो देशमा ओली प्रधानमन्त्री भएर के गरे भन्ने प्रश्न गर्दै भने,‘प्रधानमन्त्री ओली भएर देश र जनताकोलागी के भएको छ ? शेर बहादुर प्रधानमन्त्री भएर के भयो ?प्रचण्डको त कुरै नगरौं । यो देश अहिले केवल ओलीमय र प्रचण्डमय बनेको छ ।’ शाहीले योभन्दा अगाडी पनि प्रधानमन्त्रीको चर्को आलोचना गर्दै आईरहेका थिए । उनले वर्तमानदेखि पुर्व प्रधानमन्त्रीहरु समेतले यो देशकोलागी केही नगरेको बताए । भिडियोसहित

अभिभावकहरूले आफ्ना बालबालिका धेरै चकचके भएको, पढाइमा ध्यान नदिने, भनेको नमान्ने गरेको भन्दै चिन्ता गरिरहँदा विज्ञहरूले चाहिँ त्यसमा अभिभावकले नै बालबालिकालाई दिइरहेको वातावरण उचित नभएको हुनसक्ने बताएका छन्।हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो। अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ।

बालबालिकासम्बन्धी डाक्टर र मनोविश्लेषकहरू भन्छन्, यो समस्या बालबालिकाको होइन। अभिभावक र शिक्षकको हो। तर बालबालिका चकचके वा जिद्दी भए भन्दैमा त्यसको उपचार नै नखोजी विद्यालयबाट निकाल्नु गैरजिम्मेवार हुनु हो भन्ने धारणा बालमनोविज्ञ डाक्टर गङ्गा पाठकको छ ।समस्याको समाधान के?उनका अनुसार यसरी विद्यालयले विद्यार्थी निष्कासित नै गरेको समाचार पहिलो पटक सुनिए पनि बालबालिकामा चकचकेपनाको समस्या भने धेरै हुने गरेको उनले बताइन्। “चकचकपनाको ‘डिग्री अफ डिफिकल्टी’ हेरेर कति स्वाभाविक हो वा अस्वभाविक हो भन्ने थाहा हुन्छ,” उनले भनिन्, “सामान्य चकचक हो भने त्यसलाई बालबालिकाको बालापन सम्झनुपर्छ। उ जिज्ञाशु छ भन्ने सोच्नुपर्छ। यो स्वाभाविक हो।”


Last Updated on: March 16th, 2021 at 9:45 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया