आइतबार १९ मंसिर २०७८

बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । हालै भने उनको रोएको भिडियो भाइरल भएको छ ।

उनि एक कार्यक्रममा डाको छोडि रोएकी थिइन् । भारतिय संचार माध्यमले जनाए अनुसार वि द विमन इभेन्टमा आफ्नी दिदी गएकी आलिया कार्यक्रममै रोएकी हुन् । उनि सोहि कार्यक्रममा दिदीका बारे कुरा गर्दा निकै स्याड र भाबुक बनिन् उनले कार्यक्रममा आफ्नी दिदी शाहीन भट्टले आफुलाई बिगतमा धेरै सहयोग गरेको बताइन् ।

दिदिको कुरा गर्दा उनको आँखाबाट आसु थामिनन् । आलियाकी दिदी शाहीनले एक बर्ष अगाडी आफ्नो डिप्रेसनका विषयमा ‘आई’ नेभर बिन ‘अन’ ह्यापीयर किताब लेखेकी थिइन् ।

यो पनि पढ्नुहोस्:शिक्षा पत्रकार समाज कर्णालीलाई पूर्णता -शिक्षा पत्रकार समाज कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । कर्णालीका १०वटै जिल्लाका जिल्ला संयोजक सदस्य रहने गरी हुम्लाका पत्रकार नवराज महताराको संयोजकत्वमा १२ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

शिक्षा पत्रकार समाजका केन्द्रीय महासचिव शेषकान्त पण्डितको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भेलाले प्रदेश सहसंयोजक र जिल्ला संयोजकको टुङ्गो लगाएको छ । केन्द्रीय समितिले यसअघि नै प्रदेश संयोजकमा महतारालाई जिम्मेवारी दिइसकेको थियो । प्रदेश सहसंयोजकमा रेडियो नेपालका कार्यक्रम अधिकृत भानुभक्त खड्कालाई चयन गरिएको छ ।

भेलाले जिल्ला संयोजकमा ईश्वर अधिकारी सुर्खेत, हेमन्त केसी जाजरकोट, कमल शर्मा दैलेख, विश्वनाथ सिम्खडा कालीकोट, झक्कुप्रसाद शर्मा सल्यान, अर्जुन खड्का रुकुम पश्चिम, कृष्णमाया उपाध्याय जुम्ला, विष्णुलाल बुढा डोल्पा, कविराज कार्की मुगु र नन्द सिंह हुम्लालाई चयन गरेको छ ।

शिक्षा विधामा रिर्पोटिङ गर्ने क्रियाशील पत्रकारहरुको अगुवाइमा यसै वर्ष शिक्षा पत्रकार समाज स्थापना भएको हो । समाजका कर्णाली प्रदेश संयोजक महताराले कर्णालीका शैक्षिक सवाललाई आमसञ्चारमाध्यमबाट उजागर गर्र्नुका साथै सरोकारवाला निकायसँग समस्या समाधानको पैरवी गर्ने बताउनुभयो । उहाँले कर्णाली शिक्षा क्षेत्रमा समेत पछाडि परेकाले शिक्षा पत्रकारलाई यहाँको शैक्षिक उन्नयनको अभिन्न अङ्गका रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्:मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत-मण्डनदेउपुर नगरपालिकामा रु एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ ।

खानेपानी आयोजनाबाट नौ वटा वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नं को नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । “यो लिफ्टिङ प्रविधिको खानेपानी आयोजना हो, यसले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराउनेछ”, उहाँले भन्नुभयो ।

इन्द्रावती नदीको विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गर्ने समितिले जनाएको छ । खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिनेछ । स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्भवेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शुन्य पाँच लिटर पानी खस्नेछ । “विनाशकारी भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउनेछन्”, नगरका प्रवक्ता डिल्लीप्रसाद आचार्यले भन्नुभयो ।

काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले खानेपानी आयोजनाका लागि आवश्यकीय रूपमा पर्याप्त बजेट उपलब्ध गराएको बताउनुभयो । “समयमै आयोजनाको सम्झौता गरेर जनशक्ति तयारीका साथ प्रारम्भ गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्यो, अब आयोजनालाई बजेटको चिन्ता लिनुपरेन”, उहाँले भन्नुभयो । उहाँले मण्डनदेउपुर र पाँचखाल नगरमा बृहत् एकीकृत खानेपानी आयोजना सञ्चालन गरिएकाले एकदुई वर्षमै स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइने बताउनुभयो ।

यो पनि पढ्नुहोस्:बागलुङ नगरलाई ६० करोड अनुदान स् विकासमा छलाङ मार्ने अपेक्षा-बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ ।

रपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने आधुनिक बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुर्याएको छ ।

नगरपालिकाले लगानी गरेको र लगानीका लागि पहल गर्दै आएको ठूला योजनामा केही सकारात्मक कामसमेत भएको छ । स्थानीयवासीको जीवनस्तर सुधार्नेदेखि खानेपानी, सडक, पर्यटनलगायतका क्षेत्रको पूर्वाधार निर्माणमा नगरपालिकाले एक दर्जनभन्दा बढी करोडौँका योजना अगाडि सारेको छ ।

नगर लिफ्ट खानेपानीमा करोड लगानी, बागलुङ बजारको ढल व्यवस्थापनका लागि एक अरबको लागत योजनामा साझेदारीदेखि जलकेनि घुम्तीबाट भैरवस्थान पुग्ने छ किलोमिटर सडक कालोपत्रे गर्ने योजना, पञ्चकोट नजिकै जियोलोजिकल पार्क बनाउने २४ करोडको योजनामा नगरपालिकाले पहल र लगानी गर्दै आएको छ ।


Last Updated on: March 17th, 2021 at 9:21 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया