मंगलबार १४ मंसिर २०७८

काठमाडौँ चलचित्र ‘रुद्र’बाट पाइला टेकेकी चर्चिच नायिका हुन् सारा सिर्पाली । उनले पहिलो चलचित्र रुद्र’बाट नै आफ्नो करियर अगाडि बढाएकी हुन् । उनि त्यसपछि चलचित्र पिंजडा ब्याक अगेन’मा अभिनय गरिन् ।

सारा बेलाबेलामा बोल्ड तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । उनि फिल्म सुश्री सम्पतिमा पनि निकै राम्रो अभिनय गरेकी छिन् । सामाजिक संजालमा उनको र नायक अनमोल केसिको प्रेमको संम्बन्धको हल्ला पनि छाएकै हुन्छ । काठमाडौंमा जन्मे–हुर्केकी सिर्पाली डान्स भनेपछि बच्चैदेखि हुरुक्क हुन्छिन् ।

‘प्लस टु’ पछि उनी लण्डन पुगिन् । लन्डनको ६ वर्षको बसाइँमा उनले त्यहाँको ‘क्यापलान युनिभर्सिटी’मा ‘चार्टर्ड अकाउन्ट’को अध्ययन पूरा गरिन् । उक्त समय उनले लण्डनमा करिब डेढ वर्ष फोटोग्राफी पनि गरिन् । तर, जब सिर्पाली नेपाल फर्किइन्, त्यसपछि भने उनी अभिनय क्षेत्रमै सक्रिय रहिन हालै उनले सामाजिक संजालमा हट हबतारका तस्विर शेयर गरकी छिन् । हेरौ उनका यि तस्विरहरु

यो पनि पढ्नुहोस्स्चैतेधान धमाधम रोपाइँ हुँदै(जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ ।

फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।”

धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उहाँका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उहाँले जानकारी दिनुभयो । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताउनुभयो । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिनुभयो । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उहाँको भनाइ छ ।

धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्नेरहेछ ।”

यो पनि पढ्नुहोस्स्उपभोक्ता अधिकार स् सशक्त कानून, फितलो कार्यान्वयन (उपभोक्ता अधिकारका बारेमा सशक्त कानून भए पनि त्यसको कार्यान्वयन भने फितलो भएको पोखरामा आयोजित एक कार्यक्रमा सहभागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्ता मञ्च गण्डकीद्वारा सोमबार पोखरामा आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा सहभागीले नीति, नियम र कानून भए पनि व्यवहारमा नदेखिँदा उपभोक्ता ठगिने प्रवृत्ति बढिरहेको गुनासो गरेका हुन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले उपभोक्ता अधिकारका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गरे सफल हुने जनाउँदै स्थानीय सरकारको भूमिका अझ बढी हुने बताउनुभयो । उहाँले राष्ट्रबाट के पाएँ नभई राष्ट्रलाई के दिएँ भन्ने सामूहिक सोचका साथ अगाडि बढ्न सके कालोबजारीबाट उपभोक्ता ठगिन नपर्ने बताउनुभयो । राजनीतिक दलहरुले घोषणापत्रमै उपभोक्ता अधिकारलाई उल्लेख गरेर कार्यान्वय गर्नुपर्नेमा उहाँको जोड थियो ।


Last Updated on: March 17th, 2021 at 9:30 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया