सोमबार १३ मंसिर २०७८

विभिन्न चरणमा छायांकन गरिएको यो फिल्मको दुबइका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

फिल्मको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । यो फिल्ममा नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ ।

यसैविच, निर्माणपक्षले यो फिल्म आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी दिएको छ । यो फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ ।

फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।

अमित बस्नेतको लगानीमा बनेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।


Last Updated on: March 17th, 2021 at 1:09 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया