मंगलबार १९ साउन २०७८

कन्या राशि
यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ। यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन। आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन्। यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।

वृश्चिक राशी
यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।


Last Updated on: January 15th, 2021 at 2:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया