शनिबार ११ मंसिर २०७८

काठमाडौं । हाम्रो समाजमा अझै पनि विवाह गर्न केटा पक्ष नै केटीको घरमा जाने चलन छ । केटाको परिवारका सदस्य दुलहीको घरमा गएर हात माग्ने र मन मिले विवाह हुने परम्परा अहिले पनि कायम छ । यो परम्परा नेपालमा मात्रै होइन विश्वका धेरै देशमा अहिलेसम्म पनि लागू छ। यद्यपि प्रेम विवाह गर्नेको संख्या पनि उत्तिकै छ ।

प्रेम विवाह गर्दा पनि केटाले केटीलाई नै घरमा लैजाने गर्दछन् । तर, भारतको मध्येप्रदेशस्थित सतना शहरमा रहेको वलेचा परिवारकी एक्ली छोरी घोडा सवार भएर घरबाट बिदा भइन् । विवाह जन्ती, बाजागाजासहित सतनाबाट कोटा दुलाहाको घरमा हिड्यो । दुलहीको परिवारले छोरीलाई घोडामा सवार हुने इच्छा मात्रै पुरा गरेन यसले समाजमा समेत नयाँ चेतना जागरुक गरेको छ ।

अब छोरी पनि कसैका लागि बोझ हुने छैनन् । उनीहरु पनि स्वविवेकले निर्णय लिन सक्छन् । छोराछोरीमा पनि कुनै फरक छैन भन्ने उदाहरण यो विवाह बनेको छ । समाजमा जति अधिकार पुरषलाई छ, उती नै अधिकार महिलालाई पनि दिने हो भने धेरै परिवर्तन हुनसक्ने यो विवाहले देखाएको छ ।

दुलही दीपा वलेचाले भनिन्, ‘मैले सोचेको पनि थिइन, घोडामा सवार भएर दुलाहाको घरमा जाउला । जब मेरो परिवारले मेरो लागि यति धेरै बोझ उठायो, मैले सोचेकै थिएन मेरो परिवारले मेरा लागि यति गर्छ । म भन्न चाहान्छु कुनै पनि नारी समाजका लागि बोझ हुँदैनन् उनीहरुलाई दिने अधिकार र माया ठूलो हुनुपर्छ ।

परिवारबाट पनि जति छोरालाई प्रेम मिल्छ, उति नै छोरीलाई हुनुपर्छ जस्तो लाग्छ ।’ वलेचा परिवारमा लामो समयपछि दीपाको जन्म भयो । त्यो परिवार दीपालाई छोरा भन्दा पनि बढी माया गर्छ । वलेचा परिवारले छोरीको विवाह धुमधामका साथ गरेर समाजमा यो सन्देश प्रवाह गरेको छ की– छोरी पनि कोइ भन्दा कम छैनन्, उनीहरुप्रति हेर्ने र गर्ने व्यवहार सही हुनुपर्दछ ।

दीपाकी आमा नेहा वलेचाका अनुसार उनीहरुको परिवार छोराछोरीलाई समान हिसाबले हेर्छ । उनले भनिन्, ‘जसरी हामी छोराको विवाह धुमधामसँग गथ्र्यौँ, त्यसै गरी छोरीको विवाह गर्ने मन थियो पूरा भयो । २५ वर्षपछि हाम्रो घरमा छोरीको विवाह भइरहेको थियो ।’ अझैपनि हाम्रो समाजमा धेरै कुरिति छन् । जसले छोरीलाई बोझ सम्झेको हुन्छ । समाजलाई सही सन्देश प्रवाह गर्नका लागि पनि बुझेको परिवारले छोरी अन्माउँदा राम्रो व्यवहार गर्नुपर्दछ ।


Last Updated on: March 18th, 2021 at 12:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया