बिहिबार १० आषाढ २०७८

काठमाडौँ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ। भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ।

जान्नुहोस् यी ३ उपायः

*) मह र टमाटरको प्याक
मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने। १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने।

महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ। जसले अनुहारलाई दागरहित बनाउँछ। यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ।

टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ। पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ।

**) मेवा र महको मास्क
यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ। यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस्।


Last Updated on: January 15th, 2021 at 3:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया