शनिबार १८ मंसिर २०७८

बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा एक युवक ह ‘त्या गरिएको अवस्थामा फेला परेका छ्न
नीज मृतकलाई ह तिया रले टा ‘उकोमा ‘हा ‘नेर ज्यान लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।उनलाई अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचक प्रविण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको हो ।उनको श व नेपालगन्ज उप–महानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो । उनको शरीरमा ‘डा’महरु देखिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्काले घटनाको बारेमा अनुसन्धान भैरहेको बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ ।उनको ज्यान लिनुको ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं । अहिले अरु केहि भन्न सकिन्न ।’ शुक्रबार बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको प्रयोग समेत गरेको थियो ।


Last Updated on: January 16th, 2021 at 8:01 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६४० पटक हेरिएको

तपाईको प्रतिक्रिया