आइतबार १९ मंसिर २०७८

नेपालमा विभिन्न टेलिभिजनमा पछिल्लो समय प्रतियोगिताहरु हुन थालेका छन् । पहिलो पटक लोक दोहोरी प्रतियोगिता पनि सुरु भएको छ । नेपाल टेलिभिजनमा सुरु गरिएको लोक दोहोरी प्रतियोगीतामा सामाजिक सञ्जाल मार्फत चर्चित भएकी लोक गायीका कल्पना दाहाललाई जजले स्टेजमै अपमान गरेका छन्।जसका कारण नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको अपमान गर्दै कमेन्ट गरेको भिडियो सार्वजनिक भएको छ । कार्यक्रममा निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै अपमान गरेको भिडियोमा देख्न सकिन्छ । तपाई त्यही भाइरल साइरलवाली कल्पना दाहाल हो ? भनेर प्रश्न गर्दा उनी केहीबेर अलमल परेकी छन् । निर्णायको प्रश्न गर्ने शैली अनौठो सुनिन्छ । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरू प्रयोग गरेर अपमान गरेका थिए । चन्द्रको यो कामको सबैले आलोचना गरेका छन् ।नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।


Last Updated on: March 19th, 2021 at 3:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया