आइतबार १९ मंसिर २०७८

उमेर ढल्कदै गएपछि कपाल झर्दै जानु त स्वभाविकै हो । तर जवानीमै कपाल झर्नु चिन्ताको बिषय हो । यो महिला वा पुरुष जो सुकैमा पनि हुन सक्छ । युवावस्थामै कपाल झरेर तालु देखिएको कसलाई राम्रो लाग्ला र ? तर कहिले काँही यस्तो नचाहँदा नचाहँदै पनि भईदिन्छ ।

पुरुषको कपाल झर्न रोकेर तालु खुईलिनबाट बचाउने बिभिन्न उपायहरु छन् । घरेलु तरिकाबाटै त्यो सम्भव छ । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने जस्ता उपायहरु रहेका छन् ।

मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन जस्ता कारणले कपाल झर्ने गर्छ । तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्न सक्ने बताईन्छ ।

राम्रो कपालका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । पुरुषहरुले बिभिन्न घरेलु तरिकाहरु मध्ये एक प्रभावकारी तरिका मरिचको प्रयोगबाट कपाल झर्नबाट रोक्न सक्छन् ।

तरिका
एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ । यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।


Last Updated on: March 20th, 2021 at 7:06 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया