आइतबार १९ मंसिर २०७८

एक जना मान्छेले पनि कति खानु पर्दछ भन्ने कुरामा मान्छेले गर्ने काम, शरीरको बनावट, वातावरण, परीवेस, उसको अवस्था आदिहरुमा निर्भर गरेको हुन्छ। मानिसको शरीरमा पानी कम भएपछि उसलाई प्यास लाग्छ र त्यसलाई निर्धारण गर्ने काम मस्तिष्कमा स्थित तिर्खा केन्द्रले गर्छ। तिर्खा केन्द्रले हामीलाई कहिले र कति मात्रामा पानी खानु पर्छ भनेर बताउछ।

त्यहि भएर जहिले सम्म मस्तिष्कले काम गरिरहन्छ, त्यति बेला सम्म पानीको अभावले जटिलता सृजना गर्दैन। पानी धेरै खानाले किडनीको स्वास्थ्य राम्रो रहने भन्ने कुरा पुरा रूपमा साचो भने हैन। जे भएनी पानी बेसी खानाले पिसाबको घनत्व स्वाभाविक नै रहन्छ तर पिसाबको परिमाण भने बढ्ने गर्छ जसले पिसाबमा हुने संक्रमण रोक्ने गर्छ।

तर किड्नी खराब हुनु पछि अरु थुप्रै कारणहरु भने हुन सक्छ, जस्तै अनियन्त्रित मधुमेह रोग, उच्च रक्तचाप अथवा अटो-इम्युन (auto-immune) रोग, जुन पानी खाएर रोक्न सम्भव छैन। प्रतिदिन कम्तिमा ४ ग्लास पानी वा तरल आहार खानु राम्रो हो। तर धेरै पसिना आएमा हामीले पानीको परिमाण नि बढाउनु पर्ने हुन्छ।

पर्याप्त पानी खाएमा किडनीमा पत्थर हुदैन र किडनीको सामान्य गतिबिधि नि ठिक रहन्छ। मधुमेह, उच्च रक्तचाप, अधिक वजन अथवा परिवारमा कसैलाई किडनी समस्या छ भने किड्नी रोग हुने सम्भावना बेसी हुन्छ। जसलाई किड्नी रोग हुने सम्भावना बेसी हुन्छ, उहाहरुले नियमित किडनी टेस्ट गर्नु फलदायी हुन्छ। किड्नीको अवस्था बेलैमा थाहा पाउनु लाभदायक हुन्छ।

मानिसमा कहिले हार मान्ने भनेर सोच्नु हुन्न बरु उसले भित्र देखि नै कुनै पनि कुराको सामना गर्ने आत्मबल बनाउनु पर्दछ, त्यसले उसलाई भित्र बाट नै रोग सग लड्ने दरो बनाउनुका साथै मानसिक चापलाई कम गर्दछ। किड्नी साथै शरीरको तलको अंशहरुको सम्पर्क बिशेष छ। परिश्रम र ब्यायामले खुट्टाको मांसपेशिहरु सार्थक बन्छन् अनि किड्नीलाई अधिक शक्तिशाली बनाउछन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो ।

परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ । वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो । उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, विद्यालयमा वैज्ञानिक सिकाइ विधि र विज्ञान शिक्षाको सुदृढीकरण, व्यवसायीकरणतर्फ विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयस्तरदेखि नै प्रारम्भिक सीपमूलक तालीम सञ्चालन गर्ने र अनुसन्धान विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेलगायत छन् ।

बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले परिषद्को अघिल्लो बैठकले दिएको कार्यादेशअनुसार एक हजारभन्दा बढी सरोकार भएका पक्षसँगको छलफलका आधारमा कार्ययोजना तयार गरिएको जनाउनुभयो । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रबन्ध गरिएको थियो ।


Last Updated on: March 20th, 2021 at 8:04 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया