शनिबार ११ मंसिर २०७८

गायिका सुजाता पाण्डेको ‘सुस्तरी’मा अस्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिनलाई फिचरिङ गरिएको छ ।

पहिलो नेपाल आइडलमा टप ५मा पुगेकी गायिका सुजाताको शब्द र स्वर रहेको ’सुस्तरी’को भिडिओमा भिक्टोरियालाई अभिनय गराइएको छ ।

अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले उनलाई पर्दामा उतारेका हुन् । सो गीतको भिडिओ समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ ।

लामोसमयदेखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका निर्देशक गिरीले धेरै अंग्रेजी सर्ट फिल्म र टीभी शोहरुको निर्देशन गरेका छन् ।

साथै नेपाली भिडिओ सम्बधी कामहरु पनि गरेका छन् । जसका प्रभाव सुस्तरीको भिडिओमा पनि देख्न सकिन्छ ।


Last Updated on: March 20th, 2021 at 8:09 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया