मंगलबार १४ मंसिर २०७८

म जे भन्छु, त्यो गर्छ, जे गर्छ त्यो भन्छु’ यो कुनै फिल्मी डायलग होइन, तर पनि बालकदेखि वृद्धसम्मलाई यो डायलग र डायलगका नायक को हुन् भन्‍ने कुरा थाहा छ । उनको अहिलेसम्मको यात्रालाई समष्टिमा विश्लेषण गर्दा उनी वास्तवमै बोलेको कुरामा अडिग रहन्थे ।

त्यो पनि उनको व्यक्तित्वको परिचय थियो । उनी अर्थात् गिरिजाप्रसाद कोइराला गिरिजाप्रसाद एक्सन ओरिएन्टेड म्यान थिए, यो कुरा सूर्यबहादुर थापाले भनेका हुन् । एक्सन ओरिएन्टेड म्यान भएकैले हुनसक्छ, उनले जमानामा सातपटक शोले चलचित्र हेरेका थिए । गब्बर सिंहको अभिनय उनलाई खुबै मन पर्‍यो ।

सधैं सान्दाजु अर्थात् बीपी कोइरालाको मार्गदर्शनमा हिँडिरहेका क्रा’न्ति ल’डाकू बीपीको अवसानपछि पनि लक्ष्यतर्फ अविचलित रहे । २०४६ सालमा उनी पार्टीको महामन्त्री रहेकै बेला प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसपछि उनी ०४८ को आमनिर्वाचनमा दुई स्थानमा चुनाव जितेर दोस्रो जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

२०३५ सालको कुरा हो । गिरिजाप्रसाद कोइराला महामन्त्री थिए । जनमत संग्रह गर्ने-नगर्ने विषयमा राजासँग बीपीको कुराकानी भइरहेको थियो । एक दिन राजालाई भेटेर आएका बीपीले विराटनगरमा रहेका गिरिजाप्रसादलाई चिठी लेखे, ‘राजाले रेफरेन्डममा जाने सहमति गरेका छन्, के गर्ने ?’ चिठी पढेपछि गिरिजाप्रसाद फारबिसगञ्ज पुगे ।

उनी फारबिसगञ्ज पुग्‍नुको अर्थ थियो रेफरेन्डमको अर्थ खोज्‍नु ? उनले त्यहाँ पुगेर डिक्सनरी पल्टाएर हेरे र थाहा पाए- अब जनमत संग्रह हुने रहेछ भनेर । पार्टीको महामन्त्रीजस्तो उच्च पदमा रहेको व्यक्तिमा पनि यति ज्ञान नहुनु अचम्म लाग्‍ने कुरो थियो ।त्यसपछि गिरिजाप्रसादले सबै क्षेत्रमा आफूलाई ख’रोरूपमा उतार्ने ई’ख लिएर अघि बढेका थिए ।

गिरिजाप्रसाद गीत, सङ्गीत र चलचित्रमा विशेष रुचि राख्थे । उनी क्रान्तिका कुरा गर्थे तर उनको एग्रेसिभनेसले सकारात्मक मोडको खोजी गर्थ्यो । एकपटक बीपीसँग कुरा नमिल्दा उनले पार्टी छोड्ने धम्की दिए, तर पछि बीपीले सम्झाएपछि उनी फेरि शान्त भएका थिए ।

गिरिजाप्रसादको न्वारानको नाम घनश्याम हो । कसै-कसैले उनको नाम कुमार पनि भनेका छन् । उनको राशि मिथुन हो । राशि रत्नअनुसार गिरिजाप्रसादले पन्‍ना उगाउँथे । उसका पाँचवटा ग्रह उच्च थिए । त्यसकारण उनको अगाडि गएर बोल्न सक्ने हिम्मत कमैको हुन्थ्यो । लग्‍न सिंह भएका कोइरालाको चिनामा विशिष्ट राजयोग भएको ज्योतिषी वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

गिरिजाप्रसाद धर्म र संस्कृतिलाई राम्रो स्थान दिन्थे । उनी मन्दिर गइरहन्थे, मन्दिर गएर त्यहाँका विशिष्ट कलाकृति हेर्ने उनको बानी थियो । कलाकारले सिर्जना गरेका कलाकृतिमा गिरिजा विशेष अभिरुचि राख्थे । शोभा भगवतीको मन्दिर, काभ्रेको चण्डेश्वरी मन्दिरका मूर्तिको उनी चर्चा गर्थे र राष्ट्राध्यक्षले मात्र हेर्न पाउने भक्तपुरस्थित नवदुर्गाको मूर्ति पनि हेर्न भ्याएका थिए ।

एकपटक मनमोहन अधिकारी लगायत कम्युनिस्ट विचारधाराका साथीहरूसँगै उनी जे’ल परेका थिए । जेलमै एउटा ढुंगालाई भगवान् मानेर पुजिएको रहेछ । भगवान् नहुने र धर्म भनेको नचाहिँदो करा मात्र हो भनेर व्याख्या गरिरहेका कम्युनिस्ट नेता मनमोहनलाई गिरिजाले त्यसो भए ढुंगालाई ला’त्ता हान्‍न च्यालेन्ज दिए । मनमोहनले ढुंगालाई लात्ताले हान्‍न सकेनन् । त्यसैले कम्युनिस्टहरूप्रति उनी घृ’णा रहेको बताउँथे, तर समयक्रममा कम्युनिष्टहरूलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन आयो ।

गिरिजाप्रसाद कोइराला परम शिवभक्त थिए । उनी साइबाबाका पनि भक्त थिए । साइबाबाले उनलाई नवरत्नको औंठी लगाइदिएका थिए । ज’नआ’न्दोलन भाग-२ अघि गिरिजाप्रसादले संसद् पुनःस्थापनाको माग गर्दै महारुद्रीको सङ्कल्प लिएका थिए, जसअनुसार पशुपतिमा उनले महारूद्री ह’वन गरेका थिए ।

दाजु बीपी कोइरालाको प्रत्येक निर्देशनलाई कडाइका साथ पालना गर्ने कोइराला दाजुको निधनपछि भाउजू नोनासँग सबैजसो सरसल्लाह गर्थे । नोनाकै सङ्गतका कारण पनि गिरिजाप्रसाद धार्मिक प्रवृत्तिमा रुचि देखाउन थालेका थिए । नोनाकै सल्लाहमा पण्डित वासुदेवकृष्ण शास्त्रीले गिरिजाप्रसादको मृत्युञ्जयको जप पनि गराएका थिए ।

गिरिजा आफ्ना बाल्यकालका सबै सखालाई पछिल्ला दिनसम्म पनि सम्झन्थे । बनारसमा उनका साथीहरू डा. बच्चन सिंह, सागरबाबु आदि थिए । बनारसको गान्धी अध्ययन प्रतिष्ठानमा अहिले पनि किशोर तथा युवावयका गिरिजाप्रसाद तथा कोइराला परिवारका दर्जनौं तस्बिर संग्रहित छन् ।

धर्मप्रति उनको आस्था बढाउनमा बीपीले जीपीलाई दिएको एउटा सल्लाह सम्झनुपर्ने हुन्छ । एक दिन बीपीले तनावमा भएका गिरिजाप्रसादलाई पशुपतिनाथको दर्शन गरेर आउन सल्लाह दिए । जसअनुरूप नै जीपीले पनि पशुपतिको दर्शन गरे । त’नावमा गएका कोइराला एकाएक शान्त भएको महसुस गरेर फर्किए ।

त्यसपछि उनलाई पशुपतिनाथ मन्दिरको शक्तिको अनुभूति भयो । धेरैले गिरिजाप्रसाद कोइरालालाई अराजक, घ’मण्डी, ड’र’लाग्दो र रि’साहा प्रवृत्तिको भनेर बुझे पनि उनी यसको ठ्याक्कै विपरीत स्वभावका थिए । उनी असाध्यै अनुशासित थिए । पछिल्ला दिनहरूमा बि’रामी भएकाले उनको स्वास्थ्यमा केही गडबडी आएकाले उनको रूटिन बि’ग्रिएको थियो ।

गिरिजाप्रसाद उनलाई भेट्न आउनेहरू तथा पार्टी केन्द्रीय नेताहरूलाई समेत आफ्नो धरातल नबिर्सन पटक-पटक आग्रह गर्थे आफू कहाँबाट आएको, प्रारम्भमा कुन हैसियतमा थिएँ भन्‍ने कुरा बिर्सिएन भने त्यो मानिस सधैँ सफल हुन्छ भनेर उनले भन्‍ने गरेको परिवारका सदस्यहरू बताउँछन् ।

एकपटक राजा-रानी विदेश भ्रमणबाट फर्किएपछि आफूलाई पेरिस, लन्डनजस्ता भव्य सहर मन पर्ने भनेर कुराकानी गरिरहेका थिए, त्यसबखत राजाले गिरिजाप्रसाद कोइरालासँग पीएम, तिमीलाई विश्वको कुन ठाउँ मनपर्छ भन्दा उनले फ्याट्ट विराटनगर भनिदिए ।राजा-रानी यो उत्तर सुनेर छक्क परेका थिए ।

गिरिजाप्रसाद कुनै महत्त्वपूर्ण कुरा बोल्नुपर्‍यो भने विराटनगर जान्थे । ‘विराटनगर पुगेपछि मलाई एक प्रकारको जोस आउँछ, अनि फ्याट्ट एउटा कुरा बोलिदिन्छु,’ काठमाडौंबाट सँगै गएका पत्रकारहरूले ‘आज के भन्‍ने ?’ भनेर जिज्ञासा राख्दा उनी अहिलेसम्म थाहा छैन, त्यहाँ पुगेपछि मात्रै के बोल्ने आफैँ निस्कने बताउँथे ।

परिवारका धेरै सदस्यलाई कोइराला आफैँले पनि मलाई विराटनगर पुग्‍नेबित्तिकै अखबारलाई चाहिने मुख्य समाचार जसरी फ्या’ट्ट भन्‍न आएको होला भनेर सुनाउँथे । पुरानो घरको कौसीमा बसेर पत्रकारहरूसँग गफ गर्दा उनी पार्टी कार्यकतासँगै बसेर गफ गरेजस्तै गर्थे ।

कार्यकर्ताको भीड पनि त्यतिकै हुने भएकाले उनी एकछिन गफ गरेपछि लु अब तिमीहरू जाओ भनिदिन्थे । विराटनगर पुगेपछि गिरिजाले के बोल्लान् भनेर राजादेखि प्रचण्डसम्म तर्सिन्थे ।राजा महेन्द्रकी रानी रत्न गिरिजाबाबुलाई पटक्कै मन पराउँदैनथिन् । एक चर्चित पुस्तकमा उल्लेख भएअनुसार उनी बीपीलाई खुबै माया गरे पनि जीपीको नाम सुन्‍न चाहन्‍नथिन् ।

रानी रत्नले जीपीको नाम पिलधरे बाहुन राखिदिएकी थिइन् ।५० को दशकयता राजदरवारसँग गिरिजाप्रसादको सम्बन्ध कहिल्यै राम्रो भएन । राजा महेन्द्र हुँदा पार्टीको पावरफल पदमा नभए पनि बीपीको भाइका नाताले उनी दरबारसँग नजिक थिए, तर पछि उनी पार्टीमा आफैँ पा’वरमा आएपछि भने दरबारले उनलाई रुचाएन ।

ह’क्की स्वभावका कोइराला राजालाई अनावश्यक मान नगर्ने भएकाले पनि गिरिजाप्रसाद र दरबारबीच सम्बन्ध राम्रो नभएको जानकारहरू बताउँछन् ।


Last Updated on: March 20th, 2021 at 4:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया