शनिबार ११ मंसिर २०७८

गुल्मीकी भाईरल विमला परियारको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । हाल १० कक्षामा अध्ययन गर्दै गरेकी उनले एसईईको तयारी गर्दैछिन् ।एसईई परिक्षाफलमा राम्रो नतिजा ल्याएमा ईन्द्रेणीले डाक्टर पढाउने भएको छ । ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंलले विमलालाई डाक्टर बन्ने सपना पुरा परिदिने जनाएका छन् । त्यसका लागि विमलाले एसईईमा राम्रो अकं भने ल्यानुपर्छ ।

गुल्मीकी विमला परियार सानै देखि डाक्टर बन्ने सपना देख्थिन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोटमा जन्मिएकी उनी सानै देखि डाक्टर बनेर दिनदुःखीको सहयोग गर्न चाहान्थिन् । उनको पढाई प्रतिको रुची पनि उत्तिकै थियो ।डाक्टर बन्ने सपना देखेकी विमलाको जीवनमा सानै उमेरमा ब-ज्रपा-त आईलाग्यो ।

आमा र बाबाको माया पाउने उमेरमा उनले दुवैलाई गु-माउनु पर्यो । आमा बुबाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न नपाएकी विमलाको जीवनमा जिम्मेवारी थपिदै गयो।बाबुआमाको मृ-त्युपछि भाई बहिनी हुर्काउने जिम्मेवारीसगैं आफ्नै सपनासगं ल-ड्दाल-ड्दै उनलाई खुसीको महसुस जीवनमा कहिले भएन् । १० वर्ष अगाडी उनले बुबाको साथ गु-माउनुपर्यो । त्यस्तै बुबाको मृ-त्यु भएको ३ वर्षमा उनीसगंबाट दै-वले आमाको का-ख पनि खो-स्यो ।

आमाको नि-धन हुनेबेला उनी केही बुझ्ने भएकी थिईन् ।आमाले आफु म-र्ने बेलामा छोरी तिम्रो स्वर राम्रो छ तिमी कलाकार बने है भनेर भनेपछि उनलाई आमाले भनेको शव्दले झ-स्का-ईर-ह्यो । आमाले म-र्ने बेला व्यक्त गरेको ईच्छालाई पुरा गर्नुपर्छ भन्ने उनलाई लाग्यो । डाक्टर बन्ने सपना त आमा बुबाको मृ-त्यु भएपछि आर्थिक अभावमा अब कसरी सम्भव होला र बरु आमाले व्यक्त गरेको ईच्छा पुरा गर्नुपर्छ भन्ने लागेर उनले गीतसगींत तिर पनि रुची देखाउन थालिन् ।

पत्रकारहरु मोहन बस्नेत, भुवन भुषाल, जीवन पाण्डे,सुमन पन्थी लगायतले उनलाई ईन्द्रेणीसम्म पुर्याए । ईन्द्रेणीमा आफ्नो अध्यननका कारण धेरै प्रस्तुती दिन नपाएपनि उनको थोरै प्रस्तुती देखेर नै ईन्द्रेणीका कलाकारहरु अ-चम्मित भए । सानैमा बुबा आमाको माया गु-माएकी विमलाको कथा सुन्दा ईन्द्रेणीका सबैका आँ-खा र-साए ।

इन्द्रेणीमा छत्र शाहीसंग, बिमला दाजु बहिनीको भूमिकामा दोहोरी गाउनुपर्यो । भने कृष्ण कडेलले बुबाको भूमिकामा । बुबा भन्ने शव्द सानैमा गु-माएकी उनलाई कृष्ण कडेंललाई बुबा भन्ने शव्दले सम्बोधन गर्दा आफ्नै बुबालाई सम्झिईन् । विमलाको जिन्दगीसगं मेल खाने दोहोरी ईन्द्रेणीमा प्रस्तुत गरियो । दोहोरीकै क्रममा बिमलाले म आमा बुबा गु-माएकी मान्छे भनेपछि सबैको आखामा आ-सु भरियो ।

यसैक्रममा कृष्ण कडेंलले आफुलाई साँच्चिकै बुबा मान्न विमलालाई आग्रह गरे । यति भनिरहँदा विमलाले मन था-म्न सकिनन् । कृष्ण कडेंललाई झ-म्टि-एरै रु-न थालिन । विमलाको त्यो अवस्था देखेपछि कृष्ण कडेंलले एसईईमा राम्रो नतिजा ल्याएमा डाक्टर बन्ने सपना ईन्द्रेणी परिवारले पुरा गरिदिने प्रतिबद्धता जनाए ।

सोही अवसरमा उनलाई कृष्ण कडेंलले नगद २० हजार रुपैयाँ पनि सहयोग गरे । तिमी ईन्द्रेणीकै छोरी हौँ, मेरै छोरी हौ,एसईईमा राम्रो नतिजा ल्याएर उत्तिणर् गर डाक्टर बन्ने सपना हामी पुरा गरिदिनेछौँ । कृष्ण कडेंलले यत्ति भनेपछि उनलाई झनै मन स-म्हा-ल्नै गा-ह्रो भयो ।

राम्रोसगं अध्ययन गरेर डाक्टर बन्ने सपना पुरा गर्ने अठोटका साथ विमला गीत गाउन छाडेर गुल्मी फर्किएकी छिन् । उनलाई ईन्द्रेणीसम्म लिएर गएका पत्रकारहरु पनि विमलाको सपना पुरा गर्न पाएकोमा निकै खुसी छन् ।


Last Updated on: March 20th, 2021 at 7:44 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया