मंगलबार ०८ आषाढ २०७८

काठमाडौँ । विवाह गरिसकेपछि आफ्नो कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई। तर, सबैको रहर पुरा हुँदैन।

कतिपय दम्पती निःसन्तान हुन्छन्। यसमा धेरैजसो महिलालाई दोष दिइन्छ। जबकी यसको दोष पुरुषमा पनि हुन्छ।

पुरुषमा त्यस्ता अनेक कारण हुन्छन्, जसले उनीहरु निःसन्तान हुनपुग्छन्। पुरुषमा हुने त्यस्तै एउटा समस्यालाई हिस्टोन्स भनिन्छ। महत्वपूर्ण कुरा के छ भने मेडिकल टेस्टमा समेत यसको कारण पत्ता लाग्न सक्दैन।

दशकौंदेखिको चुनौती

जो पुरुषहरुमा प्रजननसँग सम्बन्धीत समस्याहरु हुन्छन्। उनीहरुको समस्या सामान्य रुपमा मेडिकल टेस्टहरुका क्रममा सहजै पत्ता लगाउन सकिन्छ।

त्यही हिसावले उनीहरुको उपचार गरिन्छ। तर, कति पटक के पनि हुन्छ भने जब सम्पूर्ण रिपोर्टहरु नर्मल आए पनि पुरुषले बुबा बन्ने सुखबाट बञ्चित हुनु पर्दछ। यसको पछाडिको कारण खोज्नमा वैज्ञानिकहरु थुप्रै दशकदेखि लागि परेका थिए।

के हो हिस्टोन्स ?

हिस्टोन्स एउटा विशेष प्रकारको क्षारीय प्रोटिन हो, जून यूकेरियोटिक सेल न्यूक्लियसमा पाइन्छ।

यसले न्यूक्लियोसोम स्ट्रक्चर सेल्समा डीएनएलाई रेगुलेट गर्छ। हिस्टोन एउटा विशेष प्रकारको समस्याका रुपमा पुरुष प्रजननमा वाधा बनेर अगाडि आउने गर्दछ।

दशकौंको प्रयासको परिणाम

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयको एउटा नयाँ अनुसन्धानमा केही एपिजेनेटिक कारणहरु पत्ता लगाइएको छ, जसले अस्पष्टीकृत पुरुष बाँझोपनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। अनुसन्धानकर्ताहरुले ती अस्पष्ट कारणहरुमध्ये एकलाई हिस्टोन पनि हुन सक्ने पाएका छन्।

अहिलेसम्मको मान्यता

पछिल्लो एक दशकमा वैज्ञानिकहरु पुरुष बाँझोपनका लागि उनीहरुको शुक्राणुहरुलाई कारण मान्दै आइरहेका थिए, जुन फर्टाइल हुन सक्दैन थियो र विकसित हुने क्रममा हिस्टोनलाई हटाउन सक्दैन।

किनभने फर्टिलिटीका शुक्रकीटहरुलाई डीएनएमार्फत हिस्टोन नामक प्रोटिनलाई अलग गरिदिन्छ। त्यस्तो बेला जुन शुक्रकीटले त्यस्तो गर्न सक्दैन। त्यस्ता पुरुषहरु बाँझोपनका लागि जिम्मेवार मानिँदै आइएको छ।

काहीँं आवश्यक काहीँं कामै नलाग्ने हिस्टोन

त्यसो त केही अध्ययनहरुमा हिस्टोनलाई महत्वपूर्ण जीन प्रमोटर समेत मानिएको छ। जबकी केही अध्ययनहरुमा तिनीहरुलाई अति नै काम नलाग्ने समेत भनिएको छ।

ताजा अनुसन्धानमा यी दुबै परिणामहरु सही पाइएको छ। उक्त अनुसन्धानका वरिष्ठ अनुसन्धानकर्ता लेसी जे लुइसका अनुसार केही स्थितिहरुमा भ्रूणको विकासका लागि हिस्टोनको स्थिति अनिवार्य हुन्छ, जबकि केही स्थानहरुमा भने हिस्टोनको आवश्यकता नै पर्दैन।

आगामी दिनमा फाइदा
उक्त शोध जर्नल डेभलपमेन्ट सेलमा प्रकाशित भएको थियो। आफ्नो उक्त अध्ययनमा शोधकर्ताहरुले शुक्रकीटमा परिवर्तित मेकानिजमहरुका बारेमा बुझे।

उनीहरुका अनुसार अनुसन्धानका परिणामहरुपछि ती समस्याका लागि आवश्यक औषधिहरु विकास गर्न सहयोग पुग्ने छ।

यो पनि हो कारण

अनुसन्धानकर्ताहरुका अनुसार कतिपय विषयहरुमा हिस्टोनहरु गलत ठाउँमा बस्नाले पनि कतिपय पुरुषहरुमा बाँझोपनाको कारण बन्न पुगेको छ। किनभने त्यसले भू्रणको विकासमा समस्या पैदा हुन्छ।

उक्त अध्ययनपछि अब हामीलाई के कुराको जानकारी भइसकेको छ भने जुन अवस्थामा शुक्रकीटले डीएनएबाट हिस्टोनलाई अलग गर्न सक्दैन। त्यो स्थितिमा भ्रूणको विकासका लागि सहयोगको आवश्यकता पर्दछ।


Last Updated on: January 16th, 2021 at 11:13 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया