मंगलबार १४ मंसिर २०७८

इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले बनाएको रकेट परीक्षण भएको छ । शनिबार नेपालको पहिलो रकेट गरुडको सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको हो ।

पहिलो पटक नेपाली आकाशमा नेपालमै बनेको रकेट प्रक्षेपण (भिडियोसहित)
रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भन्ने सन्देश दिनका लागि नेपाली युवाहरुको समूहले रकेट प्रक्षेपण परीक्षण गरेको हो । जसमा नेपाली सेनाले साथ दिएको थियो । प्रक्षेपण परीक्षण समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा उपस्थित भएका थिए ।

रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दुर्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।

पहिलो पटक नेपाली आकाशमा नेपालमै बनेको रकेट प्रक्षेपण (भिडियोसहित)

हाल देखिएका विभिन्न समस्या मध्यनजर गर्दै इन्जिनियरिङका विद्यार्थीहरुको समूहले आगामी महिना पुनः रकेट प्रक्षेपण गर्ने जनाएको छ ।

स्पेसपोर्ट अमेरिकामा आयोजना हुने रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा नेपाली रकेट ‘गरुड’ पनि छनौटमा परेको छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।


Last Updated on: March 21st, 2021 at 7:50 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया