सोमबार ०७ आषाढ २०७८

एजेन्सी, ३ माघ । इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल सहित भवनहरू भ’त्किएपछि कम्तीमा ४२जना मानिसको मृ,त्यु भएको अधिकारीहरूले बताएका छन्। उद्धार कर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृ तकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। भूकम्पका कारण सयौँ मानिस घा.इते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृ,त्यु भएको थियो।

मृ’तकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा फोनको सङ्केत नहुँदा उद्धारकार्य प्रभावित भएको छ। भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर१० किलोमिटर तल रहेको बताइएको छ। त्यहाँको परिस्थिति “निकै खराब” रहेको योग्यकार्ता स्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा. गायत्री मार्लियानीले बताइएकि छिन।


Last Updated on: January 16th, 2021 at 11:33 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया