सोमबार १३ मंसिर २०७८

काठमाडौं- दीपाश्री निरौलाले ‘धनियाँ के होली’ बोलको गीत शनिबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिन् ।‘छक्का पन्जा’ टिमले निर्माण गरेको यो गीतको भिडियो दीपाश्री स्वयमले निर्देशन गरेकी हुन् ।यो गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिए पछि जितु नेपाल नदेखिएपछि ‘छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको अनुमान गर्न थालिएको छ ।

यसो त यस अघि पनि जित र ‘छक्का पन्जा’ टिम बिच सम्बन्ध बिग्रिएको खबर आएपछि उनले भने यो कुरालाई अस्विकार गरेका थिए । क्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिनेप्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बोलचाल नभएको बताइएको छ ।

जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीविच सम्बन्ध विग्रिएको बताइन्छ । दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा छन् ।


Last Updated on: March 21st, 2021 at 2:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया