सोमबार १३ मंसिर २०७८

निर्माणको क्रममा रहेको चलचित्र ‘झिँगेदाउ’ एक तस्बिर सार्वजनिक भएको छ । चलचित्र यूनिटले चलचित्रकी शिर्ष पात्र आँचल शर्माको एक तस्बिर सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा उनलाई एक गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ ।

रातो रंगको साडीमा सजिएकी आँचलको सिउँदोमा सिन्दुर र गलामा पोते देख्न सकिन्छ । तस्बिरमा देखिएको आँचलको साथमा रहेको उनी गाउँले भूमिकामा प्रस्तुत भएको कुरा प्रस्टाएको छ । तस्बिर सार्वजनिक भएसँगै अभिनेत्री आँचल शर्माले आफ्ना दर्शकले यो चलचित्रमा आफूलाई फरक रुपमा देख्न पाउँने बताएकी छिन् ।

यो चलचित्रमा अभिनेत्री आँचललाई अभिनेता मुकुन भुषालको जोडीका रुपमा साथ दिने छन् । चलचित्र ‘बुलबुल’ प्रदर्शनपछि चर्चामा आएका यि अभिनेताले पनि एक गाउँले युवक बनेर आँचलललाई साथ दिने बताईएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा छायांकन भैरहेको यो चलचित्र यूनिट हाल भकुन्डेवेसी आसपासका क्षेत्रमा छ ।साहित्यकार भीमनिधि तिवारीको कथामा ‘झिँगेदाउ’ बन्न लागेको हो । यो चलचित्र निर्देशक देउजालेनै निर्माण गरेका हुन् ।

कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिने छ । चलचित्रको छायांकन विष्णु कल्पितले गरिरहेका छन् ।


Last Updated on: March 21st, 2021 at 7:27 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया