सोमबार १३ मंसिर २०७८

बलिउड फिल्म जगत्मा पहिला पहिला हिरोहरुको दबदबा रहने गथ्र्यो, चाहे त्यो लोकप्रियताको आधारमा होस् या अभिनयको आधारमा होस्।

तर अहिले अभिनेत्रीहरु पनि अभिनय र लोकप्रियताका आधारमा अभिनेताभन्दा कम छैनन्। अझ उनीहरु अभिनेताभन्दा पनि बढी लोकप्रिय छन्। हिजोआज लोकप्रियताको मापन सामाजिक सञ्जालमा फ्यान फलोइङको आधारमा गरिन्छ।

बलिउडमा केही त्यस्ता हिरोइन छन्, जसको सामाजिक सञ्जालमा रहेको फ्यान फलोइङको सख्या नाम चलेका हिरोभन्दा निकै बढी छन्। बलिउडमा धेरै नै चर्चा कमाएकी नायिका हुन् आलिया भट्ट । उनी नयाँ पुस्ताकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

उनले बाल कलाकारका रुपमा पनि काम गरेकी थिइन् ।स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् । उनी यतिबेला अभिनेता रणबीर कपूरलाई डेट गरिरहेकी छिन् । भारतिय मिडियाका अनुसार यो जोडीले छिट्टै नै विवाह गर्नसक्ने बताइएको छ ।

हालै उनले इन्टाग्राम मार्फत एक तस्विर शेयर गरेकी छिन् । जस्मा उनी एक्युरियम स्टाइलमा प्रस्तुत भएकी छिन् । उनको उक्त्त तस्विरलाई धेरैले मन पराइरहेका छन् ।


Last Updated on: March 21st, 2021 at 7:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया