शुक्रबार ०४ आषाढ २०७८

प्रथम भाव गुरु जुन व्यक्तिको जन्म कुण्डलीमा गुरु प्रथम लग्नमा विराजमान छन् भने यस्ता व्यक्तिको जन्म पूर्वजकाृ आशिर्वाद वा श्रापका अनुसार हुने गर्दछ। त्यही श्राप र आशिर्वादका कारण यस्ता व्यक्तिले सुख र दुख भोग्नु पर्दछ।
द्धितीय एवम् अष्टम भाव गुरु, जुन व्यक्तिको कुण्डलीमा गुरु द्धितीय एवम् अष्टम भावमा विराजमान हुने गर्दछन्, त्यस्ता व्यक्ति पूर्व जन्ममा सन्त या सन्तका श्रेणीका मानिन् हुने गर्दछन्। पूर्व जन्ममा कुनै इच्छा पूर्ति नभएका कारण त्यस्ता व्यक्तिले फेरि जन्म लिएका हुन्छन्। यस्ता व्यक्तिलाई मृत आत्माको आर्शिवाद पनि प्राप्त हुने गर्दछ।
तृतीय भावमा गुरु, जुन व्यक्तिको जन्म कण्डलीमा गुरु तृतीय भावमा विराजमान हुने गर्दछन् त्यस्ता व्यक्तिको जन्म परिवारमा कुनै पतिब्रता महिलाको आशिर्वाद स्वरुप हुने गर्दछ। यस्ता व्यक्तिको जीवन सुखमय हुने गर्दछ।


Last Updated on: January 16th, 2021 at 2:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया