आइतबार १९ मंसिर २०७८

पछिल्लो २४ घण्टामा नेपालमा १५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप १५० जनाको कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । पछिल्लो ३४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ९९ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार २० छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १०१७ छ । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


Last Updated on: March 22nd, 2021 at 6:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया