आइतबार १९ मंसिर २०७८

एक महिलाले ४ वर्ष पहिले का’ट्नको लागि पालिएको एउटा सुँगुरको बच्चालाई बचा’एकी थिइन् । मात्रै ४ हप्ताको सुँगुरको बच्चालाई क’साइ खानामा का ट्नको लागि हुर्काइँदै थियो। महिलाले त्यही बेला त्यो पोथी बच्चा किनिन् । त्यो सुँगुरले अहिलेसम्म ५० लाख पाउण्ड (८० हजार रुपैयाँ) कमाइसकेको छ ।

यो सुँगुरले क्यानभासमा पेन्टिङ बनाउँछ । पछिल्लो पटक यो सुँगुरले बनाएको एउटा पेन्टिङ २ हजार ३५० पाउण्ड (३ लाख ७७ हजार रुपैयाँ) मा बिक्री भएको छ । पिग्कासो नामको यो पोथी सुँगुरले बनाएको बेलायती राज कुमार ह्यारीको पेन्टिङ यति महंगोमा बिकेको हो । द सनको रिपोर्ट अनुसार यो पेन्टिङ स्पेनका एक व्यक्तिले किनेका हुन् ।

पिग्कासोले अहिलेसम्म पेन्टिङ बनाएर ८० लाख रुपैयाँभन्दा धेरै कमाइसकेको छ । पिग्कासोले कमाएको पैसा अन्य जनावरको हेरचाहको लागि खर्च गरिन्छ । पिग्कासो ४ वर्षको छ । सपग्कासोले अहिलेसम्म सयौं पेन्टिङ बनाइसकेको छ । पिग्कासोकी मालिक्नीको नाम जोने लेफसन हो । लेफसन र पिग्कासो दक्षिण अफ्रिकामा बस्छन् ।

पिग्कासोको कमाइबाट जति आम्दानी हुन्छ त्योपैसा लेफसनले फार्ममा राखिएका अन्य जनावरको हेरचाहको लागिखर्च गर्छिन्। रिपोर्ट अनुसार राजकुमार ह्यारीको पेन्टिङ पिग्कासोले केही मिनेटमा बनाएको हो। यसअघि पिग्कासोले बेलायतकी महारानीको पनि पेन्टिङ बनाएको थियो जुन पेन्टिङ २ हजार पाउण्ड भन्दा धेरैमा बिक्री भएको थियो ।


Last Updated on: March 23rd, 2021 at 7:58 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया