आइतबार १९ मंसिर २०७८

नेपाली चलचित्र जगतको सफल टिम हो ‘छक्का पञ्जा’ । हास्यटेलिश्रंखला हुँदै चलचित्र उद्योगमा प्रवेश गरेको टिम छक्का पञ्जा सबैभन्दा शक्तिशाली समुह मानिन्छ ।
हास्य क्षेत्रका चर्चित कलाकारहको यो समुहले उत्कृष्ट फिल्म बनाउदै आएको छ । यो टिममा कति कलाकार छुट्टिए भने कति नयाँ जोडिए । कलाकारहरु सिताराम कट्टेल र निर्मल शर्माले यो समुह धेरै अगाडी नै छाडिसकेका छन् ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाको आवाजमा रहेको ‘धनियाँ के होली’ गीतको भिडियोमा छक्का पञ्जाका सबै कलाकारहरुले अभिनय गरेका छन् । तर, जितु नेपाल भने देखिदैनन् । यसले पनि जितु नेपाल छक्का पञ्जाबाट अलग्गिएको सहजै अनुमान लगाउन सकिन्छ । जितु नेपालले विवादमा मुछिएँगै दीपालाई हटाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षमा नायिका करिश्मा मानन्धरलाई राखेका थिए ।


Last Updated on: March 23rd, 2021 at 8:48 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया