आइतबार १९ मंसिर २०७८

नेपाली चलचित्र क्षेत्रमा द्वन्द्व निर्देशकको रुपमा सर्वाधिक रुचाइएको नाम हो, राजेन्द्र खड्गी । एक दशक पहिला निर्माण भएका प्रायः चलचित्रको द्वन्द्व निर्देशकमा राजेन्द्रको नाम हुन्थ्यो । चलचित्रमा द्धन्द्ध निर्देशक मात्र होइन, खलनायक भएर पनि उनी आफै काम गर्थे ।

लामो कपाल, जतिबेला पनि रिसाएको जस्तो देखिने अनुहार, ठूला आँखा । हेर्दा लाग्थ्यो, उनी रिल लाइफमा मात्र हैन रियल लाइफमा नै खलपात्र हुन । राजेन्द्र खड्गीले चलचित्रको पर्दामा आफूलाई सधै नकारात्मक भूमिकामा देखाएका छन् । यसैले पनि होला, उनलाई देखेर बाटोमा भाग्ने, कराउनेहरुको संख्या धेरै छ । खड्गीलाई चलचित्रमा हेर्नेहरु वास्तविक जीवनमा पनि उनी उस्तै छन् भन्ने सोच्नेरहेछन् ।

राजेन्द्रले आफ्नो चलचित्र करिअरमा पाँच सय बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । पाँच सय बढी चलचित्रमा काम गर्दा उनी कैयौ पटक घाइते भएका छन् भने कति हिरोको त उनले मुक्का समेत सहनुपरेको छ । ‘म घाइते नभएको कुनै चलचित्र नै छैन होला’, उनले भने, ‘मेरो कारणले भन्दा पनि अरुको कारण घाइते बढी भएको छु । अब मेरो टुट्न बाँकी कमै मात्र अंग होला ।’

राजेन्द्र पर्दामा हेर्दा जती डरलाग्दा छन्, रियल लाइफमा त्यती नै फरासिला छन् । पाँच सय चलचित्रमा काम गरेका राजेन्द्रको जीवनमा चलचित्रसँग जोडिएका अनेकौ किस्सा छन् ।

कुनै ‘हातले मुक्का हा’नेर राँगो ढाल्छ राजेन्द्र खड्गीले’ भन्ने गरिन्थ्यो । फिल्ममा खलपात्रको अभिनयका क्रममा उनले नचिन्ने सायदै भेटिएला ।

सोमबार काठमाडौंको बागबजारमा राजेन्द्र खड्गी उनका बाल्यकालका साथिसँग सँगै भेटिए । बाल्यकालका साथि राजमान महर्जनको पसलमा भेटिएका राजेन्द्र खड्गीलाई हामीले मु’क्का’को विषयमा थप जानकारी लिने प्रयास गरौं ।

चलचित्र ‘विश्‍वास’ बाट द्व’न्द निर्देशनमा लागेका राजेन्द्र खड्गीले पाँच सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। दर्जनौं चलचित्रमा अभिनय गरेका उनले ‘पापी’, ‘मामाघर’, ‘रणसंग्राम’ र ‘नथिङ इज इम्पोसिबल’ जस्ता चलचित्र निर्माण पनि गरेका छन्। द्व’न्द्व निर्देशनमा कहलिएका खड्गी बैंसमा कस्ता थिए त?

के साँच्चिकै राजेन्द्र खड्गीले मुक्काले हानेर राँगो ढालेकै हुन् त ? के भन्छन‍् उनका बाल्यकालका साथी हेर्नुहोस् भिडियोमा


Last Updated on: March 23rd, 2021 at 11:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया