आइतबार १९ मंसिर २०७८

काठमाडौं – बलिउड अभिनेत्री कंगना रनौतको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३३ औं जन्मदिन मनाउदैछिन् ।

जन्मदिनको दिन उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । उनले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्म तेजस को लुक सार्वजनिक गरेकी छिन् ।

यस फिल्ममा कंगना एयरफोर्स पायलटको रोलमा देखिएकी छिन् । सरवेश मेवाराको निर्देशनमा बन्दै गरेको यस फिल्म ऐतिहासिक घटनाबाट आधारित हुनेछ ।

कंगना यस फिल्ममा एक साहसी र निडर फाइटर पाइलट बनेकी छिन् । कंगनाले आफु वायु सेनाको पाइलटको भुमिका निभाउन पाउदा खुशी लागेको बताएकी छिन् । कंगना अहिले यस फिल्म बाहेक फिल्म थालावी मा पनि व्यस्त छिन् ।


Last Updated on: March 23rd, 2021 at 1:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया