सोमबार १३ मंसिर २०७८

चर्चित नायिका केकी अधिकारी चढेको गाडी दु८र्घट८नामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न गएको गाडी दुर्घट नाग्रस्त भएको हो । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घटनामा परेको थियो । यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेको बताइएको छ ।

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराम गरिरहेका छन् । सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए ।
सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।


Last Updated on: March 23rd, 2021 at 5:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया