शनिबार ११ मंसिर २०७८

काठमाडौं – पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालका सिमा नाकामा पनि कडाई गर्न थालिएको सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेला, जात्रा, महोत्सव, जुलुस र भीडभाड नगर्न अनुरोध गरेको छ ।

यस्तै सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न पनि जानकारी गराएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्ड लागू गर्न भनेको छ ।

यस्तै कोरोना संक्रमण फैलने सम्भावनालाई ध्यानमा राख्दै कञ्चनपुरमा पनि भेला, जात्रा, महोत्सव, जुलुस भीडभाड नगर्न अनुरोध गरिएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागत तथा मानिसहरुको आवागमन बिहान ४ देखि बलुकी १० बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने भन्दै जानकारी गराएको छ ।

यस्तै कञ्चनपुरको सिमाना गड्डाचौकी र गौरीफन्टाबाट मापदण्ड बमाजेजिम यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म चल्ने बताइएको छ ।

तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने सबै नेपाली नागरिक र पूर्व स्वीकृति प्राप्त भारतीय नागरिकको अभिलेख राख्ने र नाकामा रहेका हेल्थ डेस्कबाट अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्ने सूचनामा बताइएको छ ।


Last Updated on: March 24th, 2021 at 8:57 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया