आइतबार ३१ आश्विन २०७८

***कहिलेकाहीँ थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।

कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ ।

आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।

मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।

यस्तो भएमा तत्कालै स्वास्थ्य परीक्षण गराउनुस् ।


Last Updated on: January 16th, 2021 at 7:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया