शुक्रबार ०४ आषाढ २०७८

बलिउडका सेलिब्रेटीहरु विवाहका लागि  धेरै नै चर्चामा आउने गर्छन्।केही समयअघि बलिउड गायिका नेहा कक्कर र आदित्यनारायण झाबीचको विवाहको चर्चा चलेको थियो । अहिले भने बलिउड अभिनेता बरुण धवनको विवाहको चर्चा छ । बरुणको विवाह बारे गएको बर्ष देखी नै चर्चा चल्दै आइरहेको छ ।

कोरोना महामारीपछि विवाह गर्ने सोच बनाएका बरुण अहिले त्यसको तयारी गरिरहेका छन् ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी नताशासँग उनले विवाह गर्दैछन् । भारतिय मिडियाका अनुसार उनीहरुको विवाह अलीबागको एक पाँचतारे होटलबाट हुने बताइएको छ ।

उनीहरुले उक्त होटल बुक पनि गरिसकेको चर्चा चलिरहेको छ । फेशन डिजाइनर नताशा र बरुणको चिनजान सानैदेखि थियो । क अन्तावार्तामा बरुणले भनेका थिए मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं ।


Last Updated on: January 16th, 2021 at 7:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया