शनिबार ११ मंसिर २०७८

काठमाडौँ । बलिउड चर्चित अभिनेता अभिषेक बच्चन आग्राको जेल गएका छन् । उनी अन्य कामले नभई चलचित्र छायांकनका लागि आग्राको जेल गएका हुन् । अभिषेकले आफ्नो आउँदै गरेको फिल्म दशवीका लागि निकै नै मेहेनत गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले आफ्नो भूमिकाका केही दृश्यहरु जेल भित्र सुटिगं गरिएको छ ।

भारतीय मिडियाका अनुसार अभिषेक पछिल्लो एक महिनादेखि नै आग्राको जेलमा छायांकन गरिरहेका छन् । जुन अनुभवबाट आँफुले धेरै कुरा सिकेको अभिषेकले मिडियालाई प्रतिक्रिया दिएका छन् । यद्यपी जेल भित्र उनको कुन सिनको बढी सुटिगं गरिएको छ भन्ने बारेमा भने बताइएको छैन ।

यो पनि पढ्नुहोस् : आजकल हरेक सिनेमाका लागि केहि न केहि नयाँ कुरा सिक्नुपर्छ स् तमन्ना भाटिया :- ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियाले सिनेमाका लागि नयाँ नयाँ कुरा सिक्नु जरूरी भएको बताएकी छिन्। नयाँ सिनेमा खामोशीुका लागि सांकेतिक भाषा सिक्नुपरेको प्रसंग उल्लेख गर्दै नायिका तमन्नाले यस्तो बताएकी हुन् ।यस थ्रिलर सिनेमामा उनी बोल्न नसक्ने पात्रको भूमिकामा देखिएकी छिन् । यस सिनेमाका लागि मैले केहि तयारी गर्नुपर्यो ।

मैले कार्यशाला गर्नुपयो सिनेमाको लागि सांकेतिक भाषा सिकें। यो सिकाइ रमाइलो रह्यो भन्दै आज भोली सिनेमामा काम गर्नका लागी केही न केही नयाँ सिक्नु पर्ने बताएकी हुन् ।


Last Updated on: March 24th, 2021 at 10:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया