मंगलबार १४ मंसिर २०७८

अमेरिकामा कोरोनाको प्रकोपपछि नै एसियाली अमेरिकी समुदायमाथि लगातार आक्रमण भइरहेका छन् । केही महिना पहिले मात्र जायो जेन शी नामकी ७५ वर्षकी वृद्ध महिलामाथि अमेरिकाको सान फ्रान्सिस्कोमा आक्रमण भएको थियो । यी महिलामाथि एक व्यक्तिले मुक्का हानेका थिए । महिलाले पनि बोर्डले आक्रमणकारीलाई हिर्काएकी थिइन् ।

महिलामाथि आक्रमणको भिडियो पनि निकै भाइरल भएको थियो । यो भिडियो भाइरल भएपछि कैयौं मानिसहरु यी महिलाको सहयोगको लागि अगाडि आएका थिए र उनको उपचार खर्चको लागि ९ लाख ६२ हजार डलर (११ करोड रुपैयाँ) अनलाइन जुटाइएको थियो । तर, यी महिलाले आफूले यो पैसा लिन अस्वीकार गरेकी छिन् । उनले यो सबै पैसा एसियाली अमेरिकी समुदायको उद्धारको लागि दान गरेकी छिन् ।

न्यूयोर्क पोस्टका अनुसार फण्ड जुटाउने वेबसाइट गोफण्डमीमा एक व्यक्तिले महिलाको यो निर्णयबारे जानकारी अद्यावधिक गराएका छन् । जोन चेन नामका व्यक्तिले महिलाको भनाइ उद्धृत गर्दै भनेका छन् ‘एसियाली अमेरिकी समुदायमाथि भइरहेको हिंसाको मुद्दा मेरो दुःखभन्दा ठूलो छ ।’ महिलाले सबै धनराशी एसियाली अमेरिकीहरुविरुद्ध सक्रिय भएको नस्लभेदलाई समाप्त पार्न प्रयोग गर्ने कुरालाई प्राथमिकता दिने बताएकी छिन् ।

जेनमाथि गत हप्ता सन फ्रान्सिस्कोमा आक्रमण भएको थियो । ३९ वर्षका आक्रमणकारीको पहिचान जेंकिंसको रुपमा भएको थियो । जेनले आक्रमण गरेपछि ती आक्रमणकारी पनि घटनास्थलबाट भाग्ने कोसिस गरिरहेका थिए । ती व्यक्तिको मुखबाट रगत आइरहेको थियो । सुरक्षा गार्डले तत्कालै यी व्यक्तिलाई समातेका थिए । सोधपुछमा ती व्यक्तिले यसअघि पनि ८३ वर्षका एक एसियाली अमेरिकी वृद्धमाथि आक्रमण गरिसकेको खुलासा भएको थियो ।


Last Updated on: March 25th, 2021 at 7:49 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया