आइतबार ०७ कार्तिक २०७८

४९ वर्षका मुख्यमन्त्री शेरधन राईले मिस मंगोल २०१८ की विजेता २४ बर्ष पुगेकी जाङ्मु इन शेर्पासंग विवाह गर्दैछन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन ।

मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रसंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङ्मु इन शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । जाङ्मु इन शेर्पा र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलानिया पनि एक चर्चित मोडल हुन् ।

अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि सम्भवत पहिलो र नौलो हुनसक्छ ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

मुख्यमन्त्री राई र मोडल जाङ्मुको उमेरमा भने लगभग २५ वर्षको उमेको अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै जाङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र जाङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

२६ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २२ वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव,अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिट्व्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।


मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिकर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।

केही समयअगाडी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट नियन्त्रणमा लिएको थियो ।

तीनै महिलाले आफू “शेरधन राईकी श्रीमती हुँ” भन्दै अंश माग गरी मुद्दा समेत दायर गरेकी थिइन् ।

सन् २०१७ को डिसेम्बर १५ मा पत्रकार नरेन्द्र रौलेसँग फन्टलाइन नेपालमा एक अन्तरवार्ता दिँदै जाङ्मुले अन्तरजातिय विवाह गर्ने कुरा समयले निर्धारण गर्ने बताएकी थिइन् ।

हेर्नुहोस् उक्त भिडियो


Last Updated on: January 17th, 2021 at 5:57 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया