शनिबार ११ मंसिर २०७८

विवाद र स्क्यान्डल प्रकरणमा अभिनेता भुवन केसी अन्य कलाकारहरुभन्दा एक कदम अगाडी नै छन् । नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका भुवन एउटा तस्विरका कारण फेरी एक पटक चर्चामा छन् ।
लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दुर्व्यवहारको आरोपको सामना गरेका भुवनसँग अभिनेत्री सुष्मा कार्कीको तस्विर भाइरल बनेको छ ।

दरवारमार्गको एक क्याफेमा पुराना कलाकारहरुको जमघटमा पुगेकी सुष्मा भुवनको अंगालोमा बाँधिइन् । भुवनसँग नजिक मानिएकी सुष्मा यसअघि बलिउड अभिनेता सलमान खानको जन्मदिन सेलिब्रेसनमा पनि उनीहरु एकअर्कासँग निकै नजिक देखिएका थिए ।


Last Updated on: March 26th, 2021 at 7:27 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया