आइतबार १९ मंसिर २०७८

भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि बिहीबार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ६२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको छ ।


Last Updated on: March 26th, 2021 at 9:05 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया