शनिबार ११ मंसिर २०७८

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन ? वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ समस्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ। लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन।

यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ। महिलाको आदर बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ।

तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस्। उनीहरु रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस्। अक्सर पति पत्नीबीच हुने मनमुटावका कारण पनि लक्ष्मीको कृपा हुँदैन। शुक्रवार ब्रत शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ ।

यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ।

यो पोस्ट Facebook मा सियर गरौ


Last Updated on: March 26th, 2021 at 4:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया