आइतबार १९ मंसिर २०७८

काठमाडौं । आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे ।

यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई अन्य पनि धेरै फाइदा पु–याउँथ्यो । केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ ।

भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन् ।

यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ ।

यसले शरीरका विषाक्त पदार्थ हटाउँछ । छाला र कपाल स्वस्थ राख्छ ।

सुन्दर बन्न चाहानुहुन्छ ? यस्तो छ अनुहारको दाग हटाई गोरो बनाउने उपाय

सावधान ! झुक्किएर पनि नखानुहोस् यी ७ किसिमका रोगीले लसुन, नत्र बन्नेछ…

यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रुघाखोकी लाग्न दिँदैन ।

दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन् । कमजोरी भाग्छ ।

यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ ।

यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ ।

यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ ।

केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ ।


Last Updated on: March 26th, 2021 at 6:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया