मंगलबार १४ मंसिर २०७८

कैलालीमा चेतराज भण्डारीले आफ्नै भाउजुको बहिनीसंग सम्बन्धको प्रस्ताव राखे । तर भाउजुको बहिनीले त्यो प्रस्ताव स्वीकार गरिनन् । १७ वर्षकी ति किशोरीले प्रस्ताव नमानेपछि ति भिनाजुको भाईले उनको नाममा फेसवुक आइडी बनाए । सरीता नाम गरेकी ति किशोरीको नाममा फेसवुक आइडी बनाएर उनको परिवारको सदस्य सबैका तस्बिर राखेर वेइज्जत गर्न थाले ।

भाउजु र भदैनीको समेत फोटो राखेर ति पुरुषले अ श्लि ल शब्द प्रयोग गर्दै वेइज्जत गर्न थालेपछि बल्ल उनले प्रतिकार गर्न थालिन् । ६ महिना देखि चेतराज भण्डारीले भारतको पुनामा बसेर नेपालमा बस्ने तिमिल्सेना परिवारका सबै सदस्यको फोटो राखेर वेइज्जत गर्दै आएका थिए । उनीहरु आफुले फेसवुक नचलाउने भएकाले चेतराजले गर्दै आएको त्यस्तो हर्कतको बारेमा चासो पाएनन् ।

नेपालमा रहेका तिमिल्सेना परिवारका बारेमा भारतवाट फेसवुक मार्फत अ श्लि ल कुरा लेखेर तस्बिर सार्वजनिक गरेको विषयमा आवाज उठाउन कैलालीवाट केही सामाजिक अभियन्ताहरु भारतको पुना पुगेका थिए । तिमिल्सेना परिवारका युवतीलाई लिएर उनीहरु पुना गएका थिए । अहिले नेपाल फर्केर उनीहरुले यो विषयलाई कानुनी प्रकृयाका रुपमा अगाडी बढाएका छन् ।

प्रहरीमा गएर उजुरी दिइएको छ भने ति चेतराजलाई भारतवाट झिकाएर कारवाही गर्न माग गरीएको छ । सोझा परिवारका किशोरीहरुको वारेमा फेसवुकमा त्यती नराम्रा कुरा राखेको देखेपछि स्थानिय सामाजिक अभियन्ता र युट्युवरहरुले कारवाहीको पहल सुरु गरेका हुन् । सोझा परिवारका किशोरीले अहिले पनि त्यसवारे कानुनी प्रकृया कसरी सुरु गर्ने भन्ने वारेमा आफुलाई जानकारी नभएको बताएकी छन् ।


Last Updated on: March 27th, 2021 at 8:33 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया