सोमबार १३ मंसिर २०७८

दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै क र णी भ एको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि क र णी गर्दै आएको आ रो प ला’गेको हो।

बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक क र णी ग रे का भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्। जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

बालगृहमा रहेका बालबालिका जो खि ममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा समस्या देखिएपछि अन्यत्र स्थानान्तरण गररे सुरक्षित गराउन थालिएको हो।’ बालगृहमा ९ बालक र ७ बालिका बस्दै आएका थिए ।

तीमध्ये पीडित बालिकालाई छुट्टै ‘सेफ हाउस’ मा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । ३१ वर्षीय चौधरी २०६५ चैत १५ मा बिजौरीमै भएको अर्को एक सामुहिक बलात्कार मु’द्दा’मा दो’षी ठ’ह’र भएका थिए । उनी २०७५ माघ ३ मा पक्राउ परी ८८ दिन जेल बसेर छुटेका थिए । उनी त्यतिबेला पुनरावलोकनको निवेदन दिएर छुटेका थिए । सर्वोच्च अदालतले २०७२ फागुन ३० मा ९ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरको े थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


Last Updated on: March 27th, 2021 at 12:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया