मंगलबार १९ साउन २०७८

हरेक गर्भवती महिलाले गर्भमा हुर्किरहेको बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन्। आफ्नो बच्चामा जन्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ।

गर्भावस्था हरेक महिलाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतुहलताले उनीहरुको मनलाई रोमाञ्चीत बनाइदिन्छ। तर, हरेक महिलाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्मन्छ रु कुनै अपाङ्गता त हुदैँन ?

गर्भवती महिलालाई यो चिन्ता हुनु स्वाभाविक हो । चिकित्सकका अनुसार गर्भावस्थामा हुने सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छ।

पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीले गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् । गर्भावस्थामा निम्न कुरालाई ख्याल नराखे शिशु अपाङ्ग जन्मन सक्छ।

*) गर्भाधारणको चाहाना भएका महिलाले ३ महिना पहिलेदेखि नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनु पर्दछ।

**) गर्भावस्थाको ३ महिना पहिलेदेखि नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन।


Last Updated on: January 17th, 2021 at 7:30 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया