सोमबार ०७ आषाढ २०७८

###डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरूले धेरै ठूलो रोगको रूपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ । डिप्रेसनले सोचाइ र व्यवहारमा असर गर्छ । डिप्रेसन मानिसलाई हुने रोगहरूमध्ये प्रमुख रोग हो । समयमै उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । घरपरिवार, समाज, आफन्तको डरले गर्दा मानिसहरू यसबारे खुलेर कुरा गर्न सक्दैनन् ।

डिप्रेसन एक मानसिक समस्या हो । यो समस्या भएका व्यक्तिको मन निराश हुने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी आउने, सधैँ नरमाइलो लाग्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने आदि लक्षण देखिन्छन् ।

डिप्रेसन भएका मानिसको निद्रा र खानाको गडबडी हुने, कसैसँग बोल्न मन नलाग्ने इच्छाशक्तिमा कमी, हरेस खाने, केही गर्न सक्दिनँ भन्ने सोच आउन सक्छ । यति मात्रै हैन, डिप्रेसन भएका मानिसमा आत्महत्याको सोच आउने समस्या पनि भेटिन्छ ।

टाउकोमा चोट लागेका मानिस, मुटुमा समस्या हुने मानिस, थाइराइडको समस्या हुनेहरूमा डिप्रेसन हुने सम्भावना हुन्छ ।


Last Updated on: January 17th, 2021 at 10:24 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया