बिहिबार १० आषाढ २०७८

तिर्थ गएर फर्कदै गरेकाहरु चढेको बसमा आगलागी हुँदा ६ ###जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको हो । घटनामा अन्य ३६ जना घाइते भएका छन्। जैन धर्मावलम्बीहरु तिर्थ गएर फर्कदै गरेका थिए ।
राजस्थानको जालोरमा राति तिर्थालु चढेको बसमा आगलागी भएको हो । ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बिजुलीको तारले बसको छतमा छुँदा दुर्घटना भएको र घाइतेलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ३६ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ। ज्यान गुमाउने र घायते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो।


Last Updated on: January 17th, 2021 at 10:39 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया