आइतबार १९ मंसिर २०७८

बाजुरा जिल्लामा अ’निश्चितकालीन लकडाउन घोषणा भएको छ । भारतमा कोरोना महामारी बढेसँगै नेपाल जिल्ला भित्रिनेको संख्या बढेका कारण लकडाउन गरिएको बतार्ईएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बाजुराले गएराति १२ बजेबाट लकडाउन लागु गरेको हो ।

जिल्ला कोभिड १९ स’ङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐ’न २०२८ को दफा ६ को उपदफा स’ङ्क्रमण रो’ग ऐ’न २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी नि’षेधाज्ञा जारी गरीएको जनाइएको छ ।यस्तै लकडाउन अ’वज्ञा गरेको पाइएमा सङ्क्रमण रो’ग ऐ’न २०२० को अनुसार का’नुनी का’रबाही गरीने उनले जनाए ।

त्यस्तै डोटीमा भारतमा कोरोना सङ्क्रमण बढेपछि अहिले त्यहाँ कामका लागि गएका जिल्लावासी दिनहुँ गाउँ फर्किन थालेका छन्। भारतबाट रोजगारी घर फर्किँदै गरेका ना’गरिकबाट कोरोना सङ्क्रमण नआओस् भन्दै जिल्लाका नौवटै स्थानीय तह सजग भएर लागेका छन्।

भारतबाट घर आएका ना’गरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वा’रेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ। अत्यावश्यकबाहेक अन्य कामका लागि यहाँका स्वास्थ्यकर्मीको बि’दासमेत ब’न्द गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।

जिल्लामा कोरोना महामारीको फै’लिन नदिन तथा रोकथामका लागि जिल्लाको जोरायल गाउँपालिकाले अत्तरिया–स्याउले जो’ड्ने सुदूरपश्चिमका पहाडी जिल्लाको एक मात्र भीमदत्त राजमार्गको बु’डरमा यात्रुको दिनहुँ स्वास्थ्य जाँचका लागि हे’ल्थ डे’स्क स्थापना गरेको छ। चौबीसैँ घण्टा स्वास्थ्यकर्मी रहने गरी उक्त हेल्थ डेस्कको स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए।


Last Updated on: March 28th, 2021 at 9:20 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया