शनिबार ११ मंसिर २०७८

काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक संजालमा निकै सक्रिय छन् । तर, अमिताभले हत्तपत्त कुनै हिरोइनको फोटोमा प्रतिक्रिया दिँदैनन् । पछिल्लो समय भने अमिताभले अभिनेत्री कृति सेननको फोटोमा कमेन्ट गरेर चर्चा बटुलेका छन् । कृतिले आफ्नो फोटोसुटका केही फोटोहरु सामाजिक संजालमा शेयर गरेकी थिइन् जहाँ अमिताभ बच्चनले कमेन्ट गरेका छन् ।

अमिताभले कृतिको फोटोमा कमेन्ट गर्दै वाउ लेखेका छन् । अमिताभले यत्ति लेख्नुले नै उनी कृतिको तस्वीरबाट प्रभावित भएको बुझिन्छ । अमिताभको यो प्रतिक्रियाको कृतिले जवाफ दिएकी छैनन् । तर, अमिताभको कमेन्टमै ३ हजारभन्दा धेरैले जवाफ दिइसकेका छन् । कृतिले पछिल्लो समय बाहुबली स्टार प्रभासको आदिपुरुषमा सीताको भूमिका निभाएकी छिन् । यो फिल्म रिलिज हुन बाँकी छ । यसबाहेक अक्षय कुमारसँग फिल्म बच्चन पाण्डे पनि रिलिज हुने तयारीमा छ ।
यु–१३ जुनियर क्रिकेट लिग हुने

काठमाडौं । एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प्रायोजनमा हुन लागेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ । यसअघि आयोजकले यु–१६ क्रिकेट पनि आयोजना गरिसकेको छ । यु–१३ उमेरसमूहको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजाने बताइएको छ । एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले निजी क्षेत्रबाट विभिन्न संघ संस्थासंग सहयोग र हातेमालो गरी सानो उमेरसमूहका नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ट्वान्टी– २० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एकेडेमीकै हातामा हुने छ ।


Last Updated on: March 28th, 2021 at 2:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया