बिहिबार २१ साउन २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो १ बजे शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्तालाई राष्ट्रपतिको सचिवालयले नियमित भनेको छ । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच आज दिउँसो १ बजेको भेटवार्ता भएको हो । उहाँहरुको सो भेटवार्ता नियमित हो’, राष्ट्रपति भण्डारीको स्वकीय सचिव भेषराज अधिकारीले क्यानडानेपाललाई भने । सो भेटवार्तामा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । प्रतिनिधि सभा विघटन पश्चात कडा आलोचना भइरहेका बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भएको सो भेटवार्तालाई राजनीतिमा महत्वको साथ हेरिएको छ ।


Last Updated on: January 17th, 2021 at 2:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया