मंगलबार १४ मंसिर २०७८

काठमाडौं – नेपाली चलचित्रमा अहिलेसम्म धेरै अभिनेतालाई एकसाथ देख्न पाइएको छैन । तर बलिउड र हलिउडमा भने ४ देखी ५ अभिनेता एउटै फिल्ममा अभिनय गरेको फिल्म पनि छन् ।

ती फिल्मले दर्शकको मन पनि जितिरहेकै छन् । यस्तै नेपाली फिल्ममा पनि अभिनेताहरुलाई एउटै फिल्ममा अभिनय गराउन चाहान्छन् निर्देशक मुकुन्द भट्ट । उनले मल्टीस्टारर फिल्मको लागि तयारी पनि थालेका छन् ।

उनले अब एक भन्दा बढी अभिनेता रहेको फिल्म बनाउने तयारीमा छन् । उनको फिल्म छप्पन छप्पन २ मा पनि एक भन्दा बढी अभिनेताहरुको अभिनय रहेको छ । यो फिलम अब चैत २७ मा प्रदर्शनमा आउँदैछ ।

नयाँ फिल्ममा उनले सौगात मल्ल, निश्चल बस्नेत, पुष्प र अनमोल केसीलाई लिएर फिल्म बनाउन खोजेका छन् । उनले सौगात, निश्चल र अनमोललाई प्रस्ताव पनि गरेका थिए।

स्रोतका अनुसार सौगात र निश्चलले मौखिकमा हुन्छ नै भनेको बताइएको छ । तर अनमोलले भने कुनै कुरा बताउका छैनन् । मुकुन्दले अनमोलसँग कुरा भइरहेको बताएका छन् । उनले अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको पनि बताएका छन् ।


Last Updated on: March 28th, 2021 at 9:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया