आइतबार १९ मंसिर २०७८

अवस्थामा तत्काल सुधार आउने नदेखिएकाले देशैभरि चार दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी शिक्षासचिव राम थपलियाले दिएका छन्।

“प्रदूषणका कारण शुक्रवारसम्म सबै विद्यालयहरू बन्द हुनेछन्,” उनले भने।

वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले प्रदूषण हट्न आवश्यक वर्षा वा वायुको गति कम्तीमा आउँदा केही दिनलाई नदेखिएको बीबीसीलाई बताए।

“तत्काल पानी पर्ने अवस्था छैन र वायुको गति समेत प्रदूषण हटाइहाल्ने खालको देखिँदैन,” उनले भने।

“यतिखेर पूर्वदेखि पश्चिमसम्म देशैभरि डढेलो लागेकोले यो अवस्था आएको हो। विगतमा एक-दुई दिनलाई यस्तो प्रदूषण देखिने गरे पनि यति लामो समय वायुको गुणस्तर बिग्रिएको यो कम्तीमा एक दशकपछि हो।”

वायु प्रदूषण धूमपानभन्दा खतरनाक
वायु प्रदूषणले ‘फोक्सो र आँखामा असर पार्न सक्छ’, कसरी जोगिने,
सरकारी अधिकारीहरू डढेलोविज्ञहरूलाई उद्धृत गर्दै सन् २००९ यता यति धेरै मात्रामा डढेलो लागेको यो पहिलो पटक भएको बताउँछन्।

अवस्था ‘गम्भीर’
प्रदूषण मापन गर्ने केन्द्र राखिएका अधिकांश ठाउँमा अवस्था “गम्भीर” रहेको अधिकारीहरू बताउँछन्।

ती केन्द्रले देखाएका विवरण अनुसार सोमवार मध्याह्न काठमाण्डू उपत्यकामा वायुको अवस्था कतै “खतरनाक” त कतै “निकै अस्वस्थ” तहमा पाइन्छ।


Last Updated on: March 29th, 2021 at 3:17 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया