बिहिबार २१ साउन २०७८

साउथको सुपरहिट फिल्म ‘डियर कमरेड’ मा काम गरेपछि चर्चामा आएकी अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यू गर्ने भएकी छन् । फिल्म ‘मिसन मज्नु’ मा उनी अभिनेता साहिद कपुरको अपोजिटमा देखिन लागेकी हुन् । बुधवार यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । भारतको सबैभन्दा महत्वाकांक्षी गुप्त अभियानमा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।

२४ वर्षिय रश्मिका सन् २०१६ मा कन्नड सिनेमा ‘किरिक पार्टी’बाट डेब्यू भएकी हुन्। हाल तेलेगु र कन्नड सिनेमामा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको सिनेमाले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन्। लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्।

 

तस्विर : रश्मिका मन्डानाको इन्टाग्रामबाट ।

‘किरिक पार्टी’बाट डेब्यू भएकी रश्मिकाका त्यसपछि दुई रिलिज ‘अन्जनी पुत्र’ र ‘चमक’ व्यापारिकरुपमा अत्यन्त सफल भए। यसले उनको डेब्यू सिनेमाबाट पाउन थालेको लोकप्रियतालाई अझ उचाइ प्रदान गर्‍यो। त्यसपछि उनी तेलेगु सिनेमाको नजरमा परिन्।

 


Last Updated on: January 17th, 2021 at 3:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया