आइतबार १९ मंसिर २०७८

ताप्लेजुङ – दाउराका लागि काटेको रुखले च्यापिएर सोमबार ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ बेशीगाउँका २९ वर्षीय मनकुमार तामाङ रहेका छन्।

स्थानीय कार्तिके सातपाखे सामुदायिक वनमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भिरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। शवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


Last Updated on: March 29th, 2021 at 8:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया